१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


चोभारको सुख्खा बन्दरगाह चैत्र महिनाभित्रै सञ्चालन गर्ने तयारी


299
Shares

काठमाडौं । काठमाडौंको चोभारमा रहेको सुख्खा बन्दरगाह चैत्र महिनाभित्रै सञ्चालनमा आउने भएको छ ।

असार महिनामै निर्माण सम्पन्न भएको चोभार सुख्खा बन्दरगाहमा भन्सार कार्यालय, बैंक तथा अन्य पूर्वाधार स्थापना भएपछि सञ्चालनमा आउन लागेको हो ।

इन्टरमोडेल यातायात विकास समितिका अध्यक्ष आशिष गजुरेलले सुख्खा बन्दरगाह चैत्र महिनाभित्रै सञ्चालन हुने बताउनुभयो । समितिले सम्पूर्ण काम सकेकाले उद्घाटनको तयारी थालिएको उहाँले बताउनुभयो ।

सुख्खा बन्दरगाहले भारतको नाकाबाट आउने सामग्रीहरुलाई काठमाडौंमै ल्याएर भन्सार चेकजाँच र पास गराउने अध्यक्ष गजुरेलले बताउनुभयो । भन्सार प्रक्रियाको सहजीकरण सुख्खा बन्दरगाहमा आइसकेपछि मात्रै हुने उहाँले उल्लेख गर्नुभयो ।

बन्दरगाहमा आवश्यक पर्ने सम्पूर्ण भौतिक पूर्वाधारहरुको व्यवस्थापन भइसकेको इन्टरमोडेल यातायात विकास समितिका अध्यक्ष आशिष गजुरेलले जानकारी दिनुभयो । सबै पूर्वाधारहरुको व्यवस्थापन भइसकेकाले बन्दरगाह सहज रुपमा सञ्चालन हुने उहाँले बताउनुभयो ।

हाल विरगञ्ज, भैरहवा, काँकडभिट्टा र तातोपानीमा सुख्खा बन्दरगाह सञ्चालनमा रहेको अध्यक्ष गजुरेलले जानकारी दिनुभयो । सञ्चालन भइरहेका बन्दरगाहलाई पनि अझ प्रविधिमैत्री रुपमा अगाडी बढाउन काम गरिरहेको उहाँले बताउनुभयो ।