१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


पाँच वर्षभित्र नेपाल क्षयरोगमुक्त हुन्छ : स्वास्थ्यमन्त्री


130
Shares

काठमाडौं । स्वास्थ्य मन्त्री विरोध खतिवडाले आगामी पाँच वर्षभित्र नेपाललाई क्षयरोगमुक्त बनाउने योजना रहेको बताउनुभएको छ ।

विश्व क्षयरोग दिवसको अवसरमा राष्ट्रिय क्षयरोग केन्द्र सानो ठिमीले गरेको कार्यक्रममा मन्त्री खतिवडाले क्षयरोग निवारणका लागि सरकारको एकल प्रयास सम्भव नभएकाले अन्य मन्त्रालय तथा नागरिक समाजको सहयोग अपरिहार्य रहेको बताउनुभयो । साथै क्षयरोग सम्बन्धी कार्यक्रमलाई ७७ वटै जिल्लामा सञ्चालन गर्न सरकारी सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

२४ मार्चमा मनाइँदै आएको विश्व क्षयरोग दिवस यस वर्ष पनि नेपालमा विभिन्न कार्यक्रम गरी एक हप्तासम्म मनाइने छ । विश्व स्वास्थ्य संगठनको वार्षिक प्रतिवेदन २०२० अनुसार संसारभरी ९९ लाख मानिस क्षयरोगबाट पिडित भएको जनाइएको छ ।

जसमध्ये ५५ लाख पुरुष, ३३ लाख महिला र ११ लाख बालबालिका छन् ।