
काठमाडौं । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ताले चुनाव नजिकिंदै जाँदा राजनीतिक दल र अन्य संगठनले चन्दा माग्न थालेको गुनासो गर्नुभएको छ ।
वीरगञ्ज उद्योग वाणिज्य संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चन्दा माग्ने र धम्क्याउने क्रम बढेकाले सरकारले औद्योगिक सुरक्षाबल ब्युँताएर सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
उहाँले नेपालमा अहिलेसम्म एउटा पनि तेल उद्योग नभएर सम्पूर्ण कच्चा पदार्थ आयात गर्नुपर्ने भएकाले मूल्य वृद्धि भएको बताउनुभएको छ ।
भएका उद्योगले पनि अरु आयातित तेल प्याकिङ गरेर बेच्न परेकाले मूल्य बढेको भएपनि चामलको मूल्य नबढेको अध्यक्ष गुप्ताले दाबी छ । उहाँले चामलको मूल्य बढाएर बेचेको भए सरकारलाई तत्काल अनुगमन गर्न बताउनुभयो ।
यस्तै अध्यक्ष गुप्ताले राष्ट्र बैंकले बस्तु आयातमा लागु गरेको सतप्रतिशत मार्जिन व्यवस्थाले व्यवसायीहरुलाई समस्या भएको गुनासो गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्