२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


माधव कमरेड हवेली छाडेर झुप्रोमा जानुभो : पृथ्वीसुब्बा गुरुङ


611
Shares

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले माधवकुमार नेपालले नेतृत्व गरेको पार्टी नेकपा (एकीकृत समाजवादी)लाई झुप्रोको संज्ञा दिनुभएको छ ।

नेता नेपालले कम्युनिस्ट पार्टीको हवेली नेकपा एमालेलाई छाडेर सडकमा सानो झुपडी बनाएको उहाँको टिप्पणी छ ।

‘हाम्रा पार्टीका नेता लोभिपापी हुन्, माधव नेपालले निकै ठूलो काम गर्नुभो, सुपरमार्केट जत्रो पार्टीको नेता बन्न सक्नुभएन, अधिकार जमाउन सक्नु भएन, चोरेर लगेर सडकमा एउटा सानो झुपडी बनाउनुभाछ’, तनहुँमा नेकपा एमालेले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो ।

नेकपा एमालेलाई संघीयता विरोधी भन्नेहरूलाई प्रश्न गर्दै उहाँले भन्नुभयो, ‘संघीयताको पक्षधर भनेको कस्तो हुनुपर्छ ? माधव नेपाल जस्तै सडक गएर रुनेहरू हुन् संघीयता पक्षधर !’

विदेशीको डिजाइनमा फसेर नेता नेपालले पार्टी फुटाएको उहाँको आरोप छ । अगाडी थप्दै उहाँ भन्नुहुन्छ, ‘कुनै न कुनै दिन यो सबै कुराको पर्दाफास हुन्छ, त्यो दिन माधव नेपाल रोएर एउटै कुनामा बस्नु बाहेक अरू उपाय हुनेछैन, सबैले उहाँलाई छोड्छन् ।’

नेकपा एमाले क्रान्तिकारी भएन भनेर छाडेका उनीसँग कुनै सिद्धान्त नभएको उपमहासचिव गुरुङको जिकिर छ । अरू कसैको डिजाइनमा नेकपा एमालेलाई कमजोर गराउन प्रतिकृयावादीसँग सहकार्य भएर सरकार बनेको उहाँको जिकिर छ ।