१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


आवश्यकताको आधारमा गठबन्धन हुन्छ : प्रवक्ता महत


65
Shares

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी स्थानीय तहको निर्वाचनमा आवश्यक्ताको आधारमा गठबन्धन गर्ने पक्षमा आफ्नो पार्टी रहेको बताउनुभएको छ ।

आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रिय समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै प्रवक्ता महतले यस्तो बताउनुभएको हो । उहाँले हरेक वडा, पालिका र महानगरपालिकामा पार्टीले कसरी धेरै भन्दा धेरै सिट जित्छ र पार्टी बलियो बन्छ भन्ने कुरालाई ध्यानमा राखेर गठबन्धन हुने बताउनुभयो ।

उहाँले पार्टीले केन्द्रिय समितिको बैठकमा सबै वक्ताहरुले बोलेपछि मात्रै यसबारेमा आधिकारिक निर्णय गर्ने पनि बताउनुभयो । प्रवक्ता महतले अहिलेसम्म अधिकांश वक्ताहरुले कतिपय ठाउँमा गठबन्धनसँग समझदारी गरेर नै जानुपर्ने धारणा राखेको बताउनुभयो ।

प्रवक्ता महतले सोमबार स्थानीय तहको निर्वाचनमा पार्टी गठबन्धनसँग मिलेर जाने वा नजाने भन्ने विषयको टुंगो लाग्ने पनि बताउनुभयो ।