
काठमाडौं । नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलको ‘बोनसको यो जीवन’ नामक पुस्तक विमोचन भएको छ ।
सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद कँडेलको पुस्तक विमोचन गर्नुभएको हो । विमोचन समारोहपछि बोल्दै सांसद कँडेलले पुस्तकमा २०६० भदौ १२ गते कुसुन्तीमा आफैं माथि भएको आक्रमणका बारेमा चर्चा गरिएको बताउनुभयो ।
कँडेलले आक्रमणमा तत्कालीन माओवादी संलग्न रहेको र सोही सेरोफेरोमा पुस्तक तयार गरेको बताउनुभयो । सांसद कँडेलको पुस्तकभित्र विभिन्न शीर्षकमा घटना विवरण सहित ४ खण्डमा राखिएको छ ।
२७२ पेजको यो पुस्तकमा पारिवारिक तथा राजनीतिक गविविधिहरू रहेको पनि सांसद कँडेलले बताउनुभयो ।
सांसद कँडेलले पुस्तक बिक्रीबाट आएको आयलाई नेपाल नेत्रज्योती संघ नवालपरासीको आई हस्पिटलमा आर्थिक रूपमा विपन्नहरूलाई उनीहरूको मोतिविन्दुको निःशुल्क अप्रेशनको लागि र आँखा सम्बन्धित उपचारको लागि खर्च गर्ने उद्देश्य रहेको पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्