१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुखले दिए राजीनामा


182
Shares

दाङ । लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख अनन्तराज घिमिरेले राजिनामा दिनु भएको छ ।

लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले गत असोज २२ गते उनलाई प्राधिकरणको सीईओ नियुक्त गरेको थियो । उहाँले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्नुहुँदै राजिनामा दिएको घोषणा गर्नु भएको हो । उहाँले भन्नुभयो, ‘देश प्रति गद्दारी गर्नुभन्दा मान्छे मात्र भएर बस्नु उचित ठाने ।’

उहाँले राजनीतिमा दिनुको मुख्य कारण भनेको लुम्बिनी प्रादेशिक अस्पतालको टेन्डर विवाद हो । गत फागुन २ गते पूर्वाधार विकास समितिको बैठकको निर्णय अनुसार फागुन ८ गते अस्पतालको बोलपत्र प्रकाशित गरेको र सुरूका मितिदेखि नै केही संकुचित रहेको विषय आएपछि मिलेमतो हुनसक्ने भन्दै पटक पटक सम्बन्धित निकायलाई अनुरोध गरेको समेत उहाँले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

उहाँका अनुसार उक्त ठेक्काको लागि २ वटा व्यवसायीले मात्र बोलपत्र दर्ता गरेका थिए । ती २ निर्माण व्यवसायीलाई हार्डकपी पेश गर्न ३ दिनको समय दिइएकोमा दुवै फर्मको हार्डकपी लिएर एक जना मात्र आएपछि उक्त कार्यले थप मिलेमतोको आशंका पुष्टि गरायो ।

अस्पतालको ७ सय करोडको ठेक्कामा प्रतिस्पर्धा हुँदा प्रदेश सरकारलाई करिब १५० करोड घाटा लाग्ने अवस्थामा देखिएपछि उक्त सम्झौता तोडिएको घिमिरेले बताउनुभयो ।