१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


सर्वोच्चका लागि प्रस्तावित न्यायाधीश श्रेष्ठको नाम आज अनुमोदन गर्ने


117
Shares

काठमाडौं । संघीय संसदकाे संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठको नाम आज (मंगलबार) अनुमोदन गर्दैछ ।

समितिले आह्वान गरेको समयसीमाभित्र कुनैपनि उजुरी नपरेपछि श्रेष्ठलाई सुनुवाई समितिको मंगलबारको बैठकले अनुमोदन गर्न लागेको हो । समितिको बैठकमा आमन्त्रण गरेर स्वतः अनुमोदन भएको निर्णय सभापति लक्ष्मणलाल कर्णले सुनाउने कार्यक्रम तय भएको छ ।

संसदीय सुनुवाईको प्रचलन आएपछि कुनैपनि उजुरी नपरेकाे तिलप्रसाद श्रेष्ठ सर्वोच्च अदालतका लागि एक्ला न्यायाधीश हुनुभएकाे छ ।