१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


श्रीलंकामा नेपाल र भारतका परराष्ट्रमन्त्रीको भेटवार्ता


117
Shares

काठमाडौं । श्रीलंकाको कोलम्बोमा परराष्ट्रमन्त्री नारायण खड्का र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको छ ।

आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को मन्त्रिस्तरीय बैठकमा सहभागी हुन कोलम्बो पुग्नुभएका खड्का र जयशंकरबीच साइडलाइन भेटवार्ता भएको हो ।

दुवै मन्त्रीहरूबीच कनेक्टिभिटी, ऊर्जा, कृषि मल र स्वास्थ्यसम्बन्धी विषयमा कुराकानी भएको भारतीय विदेशमन्त्री जयशंकरले ट्वीटमार्फत जानकारी दिनुभयाे ।

दुवै पक्षबीच रामायण सर्किटलाई अघि बढाउने विषयमा जोड दिने विषयमा समेत छलफल भएको भारतीय विदेशमन्त्रीको ट्वीटमा उल्लेख छ ।

बिमस्टेकको १८ औं मन्त्रिस्तरीय बैठक कोलम्बोमा जारी छ ।