
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को एकदिवसीय वरीयतामा नेपाल दुई स्थान तल झरेको छ ।
आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १८ औं स्थानमा झरेको हो ।
हालै पपुवा न्युगिनी (पीएनजी) विरुद्धको एकदिवसीय सिरिज गुमाएको नेपाल यसअघि १६ औं स्थान रहेको थियो ।
वरीयताको पहिलो स्थानमा न्यूजिल्याण्ड, दोस्रो स्थानमा इंग्ल्याण्ड र तेस्रो स्थान अस्ट्रेलिया रहेको छ ।
टी–ट्वान्टी वरीयतामा नेपाल १३ औँ स्थानमा यथावत छ ।
प्रतिक्रिया दिनुहोस्