२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


आज नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवस


0
Shares

काठमाडौं । नेपाल पत्रकार महासंघले आज बुधबार ६७ औं स्थापना दिवस मनाउँदैछ ।

महासंघ केन्द्रले काठमाडौंमा र प्रदेश तथा जिल्ला कार्यसमितिहरूले देशैभरि विभिन्न ठाउँमा कार्यक्रम गरी स्थापना दिवस मनाइरहेका छन् ।

महासंघ केन्द्रीय समितिले बिहान काठमाडौंको सिनामंगलदेखि सञ्चारग्रामसम्म प्रभातफेरी निकालेको थियो ।

यसैगरी, महासंघले रक्तदान र निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । शिविरमा पत्रकारहरूको मिर्गौला परीक्षण र दाँतको परीक्षण गरिएको थियो ।

त्यस्तै, महासंघले दिउँसो ‘कोभिडका कारण मिडिया क्षेत्रमा परेको असर’बारे बहस र नीतिगत समाधानका लागि गर्नुपर्ने प्रयासहरूबारे छलफल गर्ने कार्यक्रम रहेको छ ।