
काठमाडौँ । पछिल्लाे २४ घण्टामा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज (बुधबार) पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका प्रयोगशालामा गरिएको ५ हजार १ सय ९२ नमूना परीक्षण गर्दा २६ जनामा संक्रमण देखिएको हो ।
त्यसैगरी बुधबार ७७ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशैभर गरेर १ हजार १ सय ४६ जना संक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु हुनेको संख्या शून्य भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्