१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


मधेस प्रदेशको प्रदेशसभा बैठक स्थगित


52
Shares

काठमाडौं । गणपुरक संख्या नपुगेपछि मधेस प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ ।

आज (बुधबार) १ सय ४ सदस्य रहेको प्रदेशसभामा १३ जना सांसद मात्र उपस्थित भएपछि अढाई मिनेट चलेर बैठक स्थगित भएको हो । अब अर्को बैठक भोलि (बिहिबार) बिहान ११ बजे बोलाईएको छ ।

बुधबार बसेको प्रदेशसभा बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक परमेश्वर साहले गणपुरक संख्या उपस्थित नभएकाले बैठक अगाडि नबढाउन सभामुखसँग आग्रह गर्नुभएको थियो । यसअघि पनि बसेको प्रदेशसभा बैठकमा सांसद बढी अनुपस्थित हुने गरेका छन् ।

गत सोमबार बोलाइएको बैठकमा १ सय ४ मध्ये ४७ जना मात्र उपस्थित भएका थिए ।