१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


बजारमा ग्यासको अभाव


0
Shares

इलाम, चैत ७ । पूर्वी पहाडी जिल्लाहरुमा खाना पकाउने एलपी ग्यासको अभाव भएको छ ।

बिशेष गरी भाडामा बस्नेहरुलाई यसको मार परेको छ । होटलमा खाना, खाजा, चिया खान आउने सेवाग्राहीहरुलाई पनि फर्काउनु पर्ने अवस्था रहेको छ ।

सरकारी निकायहरुले ग्यासको अभाव नरहेको दाबी गरे पनि बजारमा ग्यास पाउन मुस्किल भईरहेको छ ।

पुरानो सिलिन्डर बुझाएको १५ दिन बित्दा पनि ग्यास पाउन नसकिएको उपभोक्ताको गुनासो छ । अधिकांशले आवश्यकता भन्दा बढी स्टक राखेकोले अभाव भएको बिक्रेताले बताएका छन् ।