१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


ठुलो परिणामको हतियार बरामद


0
Shares

नवलपुर, चैत ७ । प्रहरीले नवलपुरको हुप्सेकोट गाउँपालिकामा ठूलो परिणामको हतियार सहित एकजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरमा पत्रकार सम्मेलन गर्दै प्रहरीले हतियारसहित ६३ बर्षिय ताराबहादुर विकलाई पक्राउ गरेको जानकारी दिएको हो ।

दुई थान भरुवा बन्दुक, एक थान पेस्तोल, एयर गन लगायतका हतियार बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिपक रेग्मीले जानकारी दिए ।