१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


कैदीबन्दीको संख्या घटाउने सरकारको निर्णय


0
Shares

काठमाडौं, चैत ७ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि पहल गर्न देशभरका कारागारमा रहेका कैदीबन्दीहरुको संख्या घटाउने र कारागारलाई भीडमुक्त बनाउने निर्णय गरेको छ ।

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलको अध्यक्षतामा बिहीबार बसेको बैठकको निर्णय अनुसार फौजदारी कसुरको अनुसन्धानका क्रममा शंकास्पद व्यक्तिलाई पक्राउ नगरी अनुसन्धान गर्ने व्यवस्था कार्यान्वयनका लागि मातहतका निकायमा सर्कुलर जारी गरिएको हो ।

महान्यायाधिवक्ताको कार्यालयले प्रहरी प्रधान कार्यालय, सरकारी वकिलको कार्यालयहरु, विशेष सरकारी वकिलको कार्यालयहरु र जिल्ला सरकारी वकिलको कार्यालयहरुलाई उक्त सर्कुलर लिखित रुपमा जारी गरिसकेको छ ।

सर्कुलरमा कारागारमा रहेका वृद्धवृद्धा तथा बालबालिकालाई चालचलन, आचरण राम्रो भएको अवस्थामा रिहा गर्न गृह मन्त्रालयलाई आग्रह गर्ने निर्णयसमेत भएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।