२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


स्याङ्जामा किर्ते काम गर्ने वडा अध्यक्ष पक्राउ 


728
Shares

स्याङ्जा । स्थानीय तहका जनप्रतिनिधिको म्याद सकिनै लाग्दा उनीहरुले धमाधम अवैध काम कारबाहीलाई तीव्रता दिएका छन् ।

यहि क्रममा नागरिकताका लागि किर्ते काम गरी सिफारिस गरेको अभियोगमा स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष पक्राउ परेका छन् ।

नेपाली नागरिकता प्रमाण–पत्रका लागि वडा मुचुल्कामा किर्ते हस्ताक्षर गरिएको भन्दै स्थानीयले कारबाहीको माग गरेपछि वडाध्यक्ष विष्णुबहादुर खत्री पक्राउ परेका हुन् ।

वडा अध्यक्ष खत्रीकै संलग्नतामा किर्ते मुचुल्का उठाई नागरिकताका लागि सिफारिस गरिएको पीडितहरूको गुनासो छ ।