
काठमाडौँ । नेपाल विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा एक स्थान तल झरेको छ ।
फिफाले आज (बिहीबार) सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको वरीयता एक स्थान तल खस्किएको हो । यसअघिको वरीयतामा १ सय ६७ औं स्थानमा रहेको नेपाल नयाँ वरीयतामा १ सय ६८ औं स्थानमा झरेको छ ।
नेपाल भन्दा अघि भारत र माल्दिभ्स रहेको छ । भारत १ सय ६ औं स्थानमा रहेको छ । माल्दिभ्स १ सय ५६ औं स्थानमा रहेको छ । नेपाल भन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेको छ । बंगलादेश १८८ औं, भुटान १८७ औं, पाकिस्तान १९७ औं र श्रीलंका २ सय ५ औं स्थानमा रहेका छन् ।
नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयताको तेस्रो स्थानमा रहेको छ । शीर्ष स्थानमा ब्राजिल रहेको छ ।
प्रतिक्रिया दिनुहोस्