१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौंमा ग्यास बुलेट ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


1.729k
Shares

काठमाडौं । काठमाडौंको महांकालमा बिहीबार साँझ ग्यास बुलेट ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बागमति प्रदेश-०३-००१ क ०५५१ नम्बरको ग्यास बुलेटले बा ६४ प ६३८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा काठमाडौं महानगरपालिका–१ घर भएका ६४ वर्षीय गुलाम मोहम्मदको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भएको हो ।

ग्यास बुलेट र ग्यास बुलेट चालकलाई प्रहरी वृत्त जनसेवाले नियन्त्रणमा लिएको छ ।