१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘नेपाल्स सिङ्गिग सुपरस्टार’ ईमेज च्यानलबाट प्रसारण हुने


117
Shares

काठमाडौं । भ्वाइस स्टार नेपाल प्रा.लि.ले निर्माण गर्न लागेको रियालिटी शो ‘नेपाल्स सिङ्गिग सुपरस्टार’ ईमेज च्यानलबाट प्रसारण हुने भएको छ ।

रियालिटी शो यही २०७९ साल बैशाख १८ गते आइतबारदेखि हप्ताको दुई दिन बेलुका ८ बजे देखि ९ बजेसम्म ईमेज एचडीबाट नियमित प्रसारण हुुने कम्पनीले जनाएको छ ।

शोमा अन्य प्रतियोगितामा भाग लिइसकेका वा पाँच वर्षभन्दा बढी अवधिदेखि सांगितिक क्षेत्रमा सक्रिय गायक गायिकालाई प्रतिस्पर्धीको रूपमा समावेश गरिने निर्माता सुरजलाल जोशीले जानकारी दिए ।

शो को डिजिटल अडिशन पनि खुला गरिसकिएको छ । कार्यक्रममा सहभागी हुन नेपाल्स सिङ्गिग सुपरस्टारको आधिकारिक फेसबुक पेजमा गएर म्यासेज बक्समा वा नेपाल्स सिङ्गिग सुपरस्टारको इमेलमा आफूले गाएको बढीमा दुई मिनेटसम्मको भिडियो पठाउनुपर्नेछ ।

डिजिटल अडिसनमा छानिएका प्रतिस्पर्धीलाई भ्वाइस स्टार नेपाल प्रा.लि.बाट सम्पर्क गरिनेछ । शोलाई टेलिभिजन प्रस्तोता विवेकसिंह ठकुरी र गायिका केन्जल मेहर श्रेष्ठले सञ्चालन गर्नुहुनेछ भने निर्णायकको रुपमा ख्यातिप्राप्त गायकहरू सञ्जय श्रेष्ठ, सत्यराज आचार्य, स्वरुपराज आचार्य र गायिका मिलन नेवार छन् ।

रवि श्रेष्ठको निर्देशनमा बन्ने रियालिटी शोको विजेताले २५ लाख रुपैयाँ नगद पाउने आयोजकले जनाएको छ ।