२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


चितवनमा आठ कुखुरा फार्ममा बर्डफ्लू भेटियो


104
Shares

चितवन । जिल्लाको विभिन्न नगरपालिकाका आठवटा कुखुरा फार्ममा बर्डफ्लू भेटिएको छ ।

भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकाका गरी आठ कुखुरा फार्ममा बर्डफ्लू भेटिएको हो ।

खैरहनी र भरतपुरका चार÷चारवटा फार्ममा बर्डफ्लू भेटिएपछि बर्डफ्लू नियन्त्रण समितिले फार्म र आसपासका पंक्षी तथा पंक्षीजन्य सामग्री नष्ट गर्ने निर्णय गरेको हो ।

पूर्वी चितवनको खैरहनी नगरपालिका–२ स्थित किरणप्रसाद कँडेलको तात्रीबास पशु विकास तथा कृषि अनुसन्धान केन्द्र, खैरहनी–१० स्थित कुखुरा फार्म, खैरहनी–३ स्थित फार्म र खैरहनी–६ स्थितको बिभिन्न कुखुरा फर्महरूमा बर्डफ्लु भेटिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।