
काठमाडौं । भारतीय आयल निगमबाट पेट्रोलको मूल्य घटेर आएको छ ।
शुक्रबार पठाएको मूल्यअनुसार भारतले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ४८ पैसा घटाएर पठाएको नेपाल आयल निगमले जनाएको छ ।
निगमका अनुसार शुक्रबार भारतले डिजेलमा २ पैसा, मट्टितेलमा २२ रुपैयाँ १९ पैसा र हवाई इन्धनमा ४ रुपैयाँ २३ पैसा बढाएर पठाएको हो ।
अहिलेको मूल्य अनुसार आगामी १५ दिनमा इन्धनबाट निगमलाई ५ अर्ब २१ करोड रुपैयाँ घाटा हुने निगमको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्