१ चैत्र २०८१, शुक्रबार | Sat Mar 15 2025


निर्वाचनसम्म गठबन्धन कायम रहन्छ : गृहमन्त्री खाँड


234
Shares

तेह्रथुम । कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय तहको निर्वाचनमा दलहरुबीच गठबन्धन कायम रहने बताउनुभएको छ ।

जिल्ला प्रशासन कार्यालयको भवन उद्धघाटन गर्दै गृहमन्त्री खाँणले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)बीचको गठबन्धन कायम रहने बताउनुभएको हो ।

गठबन्धन निर्वाचनसम्म तथा त्यसपछी पनि रहने उहाँको भनाइ छ ।

आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनको तर्फबाट संयुक्त उम्मेदवार भएका छन् ।

निर्वाचन भय रहित शान्तिपुण वातावरण सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

पर्यटन विकास तथा आर्थिक गतिशिलताका लागि नेपाल सरकार आवश्यक परेको खण्डमा २४ सै घण्टा सञ्चालन गर्न सक्ने नीति ल्याएको बताउनुभयो ।

गृहमन्त्री खाँडले नेपाली कांग्रेस तेह्रथुमले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा लालीगुराँस नगरपालिकाको चोत्लुङ पार्कमा निर्माण गरिएको सावायेत्हाङ पाङभेको मौलिक घरको समेत उद्घाटन गर्नुभएको छ ।