१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एशिया कप च्याम्पियन ट्रायथोलनको उपाधि जापान र काजकिस्तानलाई


117
Shares

पोखरा । एशिया कप ट्रायथोलनको उपाधि पुरुषतर्फ जापान र महिलाता काजकिस्तानका खेलाडीले जितेका छन् ।

पोखरामा शनिबार भएको ट्रायथोलनको स्प्रिन्ट विधातर्फ जापानका एथ्लेट जेन्ता युचिदाले उपाधि जितेका हुन् । ७५० मिटर पौडी, २० किलोमिटर साइक्लिङ र ५ किलोमिटर दौड ५३ मिनेट १४ सेकेण्डमा पूरा गर्दै उनी ट्रायथोलन च्याम्पियन बनेका हुन् ।

यस्तै, जापानकै क्योतारो योशिकावाले ५३ मिनेट २२ सेकेण्डमा पूरा गर्दै दोस्रो स्थानमा रहे । अष्ट्रियाका लियोन पोगरले ५३ मिनेट ३६ सेकेण्डमा पूरा गर्दै तेस्रो स्थानमा चित बुझाए ।

स्वीमिङमा युचिदाको समय केही सेकेण्ड अघि रह्यो । उनले दुवैलाई साईक्लिङ र दौडमा समेत केही सेकेण्डको फरक पारेका थिए ।

महिला तर्फको प्रतिस्पर्धामा काजाकिस्तानकी इकातेरिना शाबालिनाले १ घण्टा २ मिनेट २० सेकेण्डको समयमा पूरा गरिन् । त्यसैगरी जापानकी हिराकु फुकुओका दोस्रो भइन् ।

उनले १ घण्टा २ मिनेट ५३ सेकेण्डको समय लगाइन् । काजाकास्तानकी नाडेज्दा बेक्मागान्वेतोभाले १ घण्टा ४ मिनेट १४ सेकेण्डको समय लगाउँदै तेस्रो स्थान प्राप्त गरिन् ।

फेवातालमा पौडी खेलेपछि साइक्लिङ र दौड गौरीघाट–शहीदचोक–गौरीघाटमा पुगेर टुंगिएको थियो । प्रतियोगितामा सात देशका महिला तर्फ २० जना र पुरुष तर्फ ३१ जनाले सहभागीता रहको थियो ।

प्रतियोगिता अन्तर्गत आइतबार दुवाथोलनमा हुनेछ । दुवाथोलनमा दौड–साइक्लिङ–दौड हुनेछ । दुवै इभेण्टमा विजेता खेलाडीहरूले कुल ४२ सय अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन् ।

ट्रायथोलनको एशिया कपको दोस्रो संस्करण हो भने साउथ एशियन च्याम्पियनसिप भने नवौं हो ।