१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन स्थगित


520
Shares

काठमाडौं । देशभर पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री वितरण ठप्प पार्ने घोषणा गरेका पेट्रोलियम व्यवसायीहरूले आन्दोलन फिर्ता लिएका छन् ।

नेपाल आयल निगमसँगको वार्तापछि उनीहरुले आन्दोलन फिर्ता लिदै आज आइतबारबाट निमियत ढुवानी गर्ने भएका हुन् ।

नेपाल एलपी ग्यास उत्पादक संघका अनुसार निगमसँगको वार्ता सकरात्मक निष्कर्षमा आएको छ । निगम व्यवस्थापन र पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच पेट्रोलियम विक्रेता कमिशन सम्बन्धी र एलपी ग्यासको ढुवानी भाडा समायोजन सम्बन्धी मागको सम्बन्धमा सात दिनभित्र उचित निष्कर्ष निकाल्ने तथा अन्य मागको सम्बन्धमा जेष्ठ १५ गते सम्ममा समाधान खोज्ने सहमति भएको छ ।

यसअघि, पेट्रोलियम ढुवानी व्यवसायी, पम्प व्यवसायी र खाना पकाउने एलपी ग्यास उत्पादक व्यवसायीहरूले संयुक्त संगठन बनाएर देशभर पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री वितरण ठप्प पार्ने घोषणा गरेका थिए । उनीहरूले विश्वव्यापी रूपमा पेट्रोलियम पदार्थको मूल्य बढेको तर निगमले आफूहरूको ढुवानी भाडा नबढाएको बताउँदै आएका थिए ।

निगमलाई ढुवानी भाडा बढाउन दबाब दिँदै व्यवसायीहरू आन्दोलनमा उत्रिएपछि दुई दिनदेखि देशभरका पेट्रोल पम्पहरूमा लाइन सुरु भइसकेको छ । जसका कारण उपभोक्ताहरु मारमा परको छन् ।