
स्याङ्जा । स्याङ्जामा कोरोना संक्रमणका कारण रोजगारी गुमाएका तथा नयाँ व्यवसाय सुरू गर्न चाहने युवायुवतीलाई लक्षित गरी वालिङ नगरपालिकाले नगद अनुदान उपलब्ध गराएको छ ।
उद्यमशीलता तथा नवप्रवर्तन कोषमार्फत ‘स्टार्ट अप’ का रुपमा २० जनालाई जनही ५० हजार रुपैयाँका दरले अनुदान उपलब्ध गराएको नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँणले जानकारी दिनुभयो । नगरप्रमुख खाँणले भन्नुभयो, ‘सोही कोषमार्फत आफ्नै व्यवसाय सुरू गर्न चाहाने तथा व्यवसायको थप प्रवर्द्धन गर्ने युवायुवतीलाई सहयोग गर्दै जाने नगरपालिकाको योजना छ ।’
नगरपालिकाले यसअघि पनि आफ्नै व्यवसाय सुरू गर्न चाहने युवायुवतीका लागि ‘स्टार्ट अप’ का रुपमा नगद अनुदान दिँदै आएको छ । कोरोना संक्रमणका कारण स्वदेश वा विदेशमा रोजगारी गुमाएका वालिङका नागरिकलाई उद्यमी बन्न प्रेरित गर्ने उद्देश्यले कोष स्थापना गरिएको नगरप्रमुख खाँणले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्