
काठमाडौं । सेभियालाई हराउँदै बार्सिलोना स्पेनिस लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।
आफ्नै मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोनाले सेभियालाई १–० ले हराएकाे थियाे । बार्साको जितमा पेड्री गोन्जालेजले ७२ औं मिनेटमा निर्णायक गोल गरेका थिए । जितसँगै बार्सिलोना जारी सिजनको स्पेनिस लिगमा पहिलो पटक शीर्ष स्थानको रियाल मड्रिड नजिक पुगेको छ ।
लिगमा शीर्ष स्थानको रियाल मड्रिडको ३० खेलबाट ६९ अंक छ । एक खेल कम खेलेको बार्सिलोना ५७ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
तेस्रो स्थानको एथ्लेटिको मड्रिड तथा चौथो स्थानको सेभियाको पनि समान ५७ अंक नै रहेकाे छ ।
प्रतिक्रिया दिनुहोस्