
काठमाडौं, चैत्र ९ । राष्ट्रपति विद्या भण्डारीसँग प्रधानमन्त्री केपी ओलीले भेटघाट गरेका छन् । भेटमा उनले राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमणको महामारी रोक्न सरकारले गरिरहेका पहलबारे जानकारी गराएका छन् ।
मन्त्रिपरिषद बैठक बस्नुअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति कार्यालय शीलत निवासमा पुगेर राष्ट्रपतिसँग कोरोना भाइरस र मुलुकको अवस्थाबारे जानकारी गराएका हुन् ।
प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार राष्ट्रपतिले कोरोना संक्रमणविरुद्ध सरकारले गरेको कामको प्रशंसा गरेका थिए । भेट करिब दुई घण्टा भएको थियो ।
प्रतिक्रिया दिनुहोस्