९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


कोरोना भाइरसबाट ३ लाख ११ हजार भन्दाबढी संक्रमित, मृत्यु हुनेको संख्या १३ हजार नाघ्यो


0
Shares

काठमाडौं, चैत्र ९ । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या संसारभरमा तीन लाख ११ हजारभन्दा बढी भएको छ ।

नेपाली समय अनुसार आइतबार साँझ ५ बजेसम्ममा कोभिड –१९ बाट मृत्यु हुनेको संख्या भने १३ हजार ७१ पुगेको छ । यद्यपि यो संख्या क्षण क्षणमा बढिरहेको छ ।

सबैभन्दा बढी इटालीमा ४८ सय २५ ले ज्यान गुमाउँदा चीनमा ३२ सय ६१ जनाको मृत्यु भएको छ । चीनमा ६ जना नयाँ बिरामीको मृत्यु भएको छ ।

यसैगरी इरानमा १५ सय ५६, स्पेनमा १३ सय ८१ जनाको मृत्यु भएको छ । यस्तै एक सयभन्दा बढी मृत्यु हुने देशमा फ्रान्स ५६२, अमेरिका ३४८, बेलायत २३३, नेदरल्इाण्डस् १३६, दक्षिण कोरिया १०४ रहेका छन् ।