१५ बैशाख २०८२, सोमबार | Tue Apr 29 2025


अन्तर्राष्ट्रिय उडान ठप्प


0
Shares

काठमाडौं, चैत ९ । सरकारले आइतबार मध्यरातबाट हुने सबै अन्तर्राष्ट्रिय उडान स्थगित गरेको छ ।

सरकारको निर्णयपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले आइतबार  मध्यरातिबाट यही चैत १८ गतेसम्मका लागि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको हो ।

तर यात्रु लिन खालि विमान आउन भने रोकिएको छैन । नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता राजकुमार क्षत्रीले तत्कालका लागि कतार र इतिहाद एयरवेजलाई उताबाट यात्रु नल्याएर खाली आउने, पाइलटहरू जहाजमै बसिरहने र यहाँका यात्रु लैजाने सुविधा दिइएको बताए ।

अरू विमान सेवा कम्पनीले चाहेमा त्यो सुविधाको निम्ति अनुमति दिन सकिने सकिने प्रवक्ता क्षत्रीले बताए ।