
रोमन आचार्य र सुन्दर गुरुङ (ईमेज)
काठमाडौं, चैत ९ । कोरोना संकट नियन्त्रण गर्न प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले सचेतना कार्यक्रमलाई तिव्रता दिने बताएको छ ।
महाधिवेसनको आधारविन्दु क्रियाशिल सदस्यता वितरण र नविकरण कार्यलाई स्थगन गरेको कांग्रेसले यसअघि नै सभा, समारोह र भेला नगर्ने निर्णय गरिसकेको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस विरुद्ध नेपाली कांग्रेसले जनचेतना कार्यक्रम संचालन गर्ने भएको छ । नेपाली कांग्रेसले जोखिमप्रति सर्तकता अपनाउन अपिल गर्दैै विज्ञप्ति निकालेको छ ।
प्रवक्ता विश्वप्रकाश शर्माले सरकारसँग गरेको छलफल र सर्वदलिय बैठकमा भएका सहमतिहरुलाई मध्यनजर गरेर सचेतना कार्यक्रमहरुलाई निरन्तरता दिने बताए ।
कांग्रेसले गत फागुन १९ गते नै १४ बुँदे अपिल गर्दै कोरोना विरुद्ध सचेतना जगाउन अपिल गरेको थियो । करिव पाँच लाख सदस्य र २५ वटा भन्दा बढी भातृ संगठनको माध्यामबाट सचेतना कार्यलाई निरन्तरता दिने कांग्रेसको भनाइ छ ।
जनचेतनाकै लागि चैत्र मसान्तसम्म वितरण गरिसक्नुपर्ने क्रियाशील सदस्यता वितरण तथा नविकरण कार्य भने स्थगन गरेको शर्माको तर्क छ ।
संकटको बेला सरकारको मात्रै मुख ताकेर बस्नु उचित हुदैन । त्यसैले प्रमुख प्रतिपक्षी दललगायतका राजनीतिक दलहरुले आ आफ्नो ठाउँबाट जनचेतना बढाउने काम गर्नु जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्