
काठमाडौं, चैत ९ । सरकारले घोषणा गरेको प्रतिबन्ध उल्लंघन गर्दै नेपाल आएका ६९ जनालाई क्वारेन्टाइनमा पठाईए पनि उनीहरुको कुनै परीक्षण गरिएको छैन ।
क्वारेन्टाइनमा राखिएकाहरुले आफूहरुको स्वास्थ्य परीक्षण पनि नगरिएको र क्वारेन्टाइनमा कुनै सुविधा नरहेको गुनासो गरेका छन् ।
थाई एअर, एअर इण्डिया र सिल्क एअरले नेपाल सरकारले लगाएको उडान आवागमनको प्रतिबन्ध उल्लंघन गर्दै नेपालीहरु लिएर आएका थिए ।
क्वारेन्टाइनमा पठाइएका मध्ये ७४ बर्षिया बृद्धासहित ५ जना महिला र अन्य पुरुष रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्