१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


सत्ता गठबन्धनको बैठक बस्दै


195
Shares

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक आज मंगलबार बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अहिले केही बेरमा बस्ने बैठकमा स्थानीय तह निर्वाचनमा तालमेलको मोडालिटीबारे छलफल हुनेभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट फर्किएपछि पहिलो पटक गठबन्धनको बैठक बस्न लागेको हो ।

आजको बैठकमा तालमेलको मोडालिटी टुंग्याउने गरी छलफल हुने बताइएको छ । गत १७ गते बसेको बैठकले निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको थियो ।