१९ फाल्गुन २०८१, सोमबार | Mon Mar 3 2025


निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्दै


78
Shares

काठमाडौं । निर्वाचन आयोगले आज मंगलबार स्थानीय तहको चुनावमा भाग लिने सबै राजनीतिक दलहरूसँग छलफल गर्दैछ ।

निर्वाचनमा भाग लिने ७९ वटा दलहरूलाई मंगलबार बिहान साढे ११ बजे छलफलका लागि बोलाइएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभएको छ ।

२०७४ को सालको निर्वाचनमा आयोगले राजनीतिक दलसँग निर्वाचन आचारसंहिता परिपालना गर्ने गराउने विषयमा प्रतिबद्धता लिएको थियो । यसपटक ३० वैशाखमा स्थानीय तहको निर्वाचन हुने तय भएतापनि आचारसंहिता भने लागू भइसकेको छैन ।

यता, निर्वाचनका उम्मेदवार बन्नुअघि बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने भनी निर्वाचन आयोगले जारी गरेको आचारसंहिता विरुद्धको रिटको बिषय सर्वाेच्च अदालतमा विचाराधीन रहेको छ । यद्यपि, सुझावका आधारमा प्रतिबद्धता पत्र तयार गरी सबै राजनीतिक दलका शीर्ष नेताबाट हस्ताक्षर गराउने आयोगले तयारी गरेको छ ।