९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


गगन थापाको सांसदहरुलाई आह्वान, सरकारी कोषमा एक महिनाको तलब जम्मा गरौं


0
Shares

काठमाडौं, चैत्र १० । नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापाले कोरोना भाइरस रोकथामका लागि सरकारले स्थापना गरेको कोषमा हरेक सांसदको एक महिनाको तलब जम्मा गर्न आह्वान गरेका छन् ।

आफ्नो सामाजिक सञ्जाल ट्वीटरमार्फत थापाले हरेक सांसदलाई एक महिनाको तलब कोषमा जम्मा गर्न अपील गरेका हुन् ।

उनले सबैले कोषमा सकेको जति सहयोग गर्न र सरकारलाई विपदमा श्रोत जुटाउन साथमा छौँ भन्नेमा आश्वस्त पार्न आग्रह गरेका हुन् ।

सांसद थापाले सरकारले पनि यो विपदमा एकजना नागरिकलाई पनि अप्ठ्यारो पर्न दिने छैन भनेर आश्वस्त पार्नुपर्ने बताएका छन् ।

पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका थापाले कोरोना भाइरसविरुद्ध लड्नका लागि तयारी गर्नुपर्ने लगायतका विषयमा सरकारलाई आफ्ना सुझाव दिनेदेखि नागरिक तहसम्म होशियारी अपनाउन संसद र सामाजिक सञ्जालमार्फत् बारम्बार अपील गर्दै आएका छन् ।