
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ ।
निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रति लिटर ५ रुपैयाँले बढाएको हो । योसँगै अब पेट्रोलको मूल्य प्रति लिटर १६० रुपैयाँ पुगेको छ भने डिजल र मट्टितेलको मूल्य प्रति लिटर १४३ रुपैयाँ पुगेको छ ।
यस्तै, खाना पकाउने ग्यासको मूल्य समेत प्रति सिलिण्डर २५ रुपैयाँ बढाइएको छ । यसअघि १५ सय ७५ रुपैयाँ रहेको ग्यासको मूल्य अब १६ सय रुपैयाँ पुगेको छ ।
निगमले ठूलो घाटा बेहोर्नु परेको भन्दै स्वचालित मूल्य प्रणाली बनाउने तयारी पनि गरेको छ । मंगलबार अर्थ मन्त्रालयमा भएको छलफलमा स्वचालित मूल्य बनाउने विषयमा छलफल भएको हो ।
स्वचालित मूल्य प्रणाली लागू भए अन्तर्राष्ट्रिय बजारअनुसार मूल्य स्वतः थपघट हुनेछ ।

प्रतिक्रिया दिनुहोस्