११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


चीनको साँघाईमा अर्को सूचना नआएसम्मका लागि लकडाउन कायमै


312
Shares

काठमाडौं । चीनमा कोरोना संक्रमण फेरि फैलिएपछि सांघाई शहरमा लगाईएको लकडाउनको अवधि बढाइएको छ ।

अर्को सूचना नआएसम्मका लागि साँघाईमा लकडाउनको अवधि बढाइएको हो ।

चीनका २७ वटा प्रान्तमा एक साथ कारोनाको ओमिक्रोन भेरिएन्ट फैलिएका कारण २ करोड २५ लाखको ज्यान बचाउन लकडाउनको अवधि बढाईएको चीन सरकारले जनाएको छ ।

चीनमा गत सोमबार एकै दिन १६ हजार ४ सय १२ जनामा संक्रमण पुष्टी भएकोमा मंगलबार सो संख्यामा सामान्य बृद्धि भएको जनाइएको छ । जसमा सांघाई शहरमा मात्रै मंगलबार एकैदिन ९ हजार ८ सय बढी संक्रमित भएका छन् ।

सर्वसाधारणको कोरोना परीक्षण फेरि तीब्र बनाएको चीनले त्यहाँ पुग्ने पर्यटकको परिक्षणलाई तीब्र बनाएको छ ।