
चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तागठबन्धनमा भरतपुरको मेयरमा माओवादी केन्द्रकै उम्मेदवार रहने टुंगो लागेको बताउनुभएको छ ।
भरतपुर २ मा भूमिहीन सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गर्न चितवन आउनुभएका प्रचण्डले विमानस्थलमा सत्तागठबन्धनमा भरतपुर महानगरको मेयरमा माओवादी केन्द्रबाटै उम्मेदवार रहने दावी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्