
काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले आफूलाई बिभिन्न पदका लागि उम्मेदवारमा रुपमा अघि सार्न थालेका छन् ।
सरकारको आगामी बैशाख ३० गते एकैदिन स्थानीय तहको निर्वाचन गर्ने निर्णयसँगै राजनीतिक सरगर्मी बढ्न थालेको छ । जनप्रतिनिधि भएर स्थानीय जनताको सेवा गर्न आफूले अवसर पाउनु पर्ने भन्दै राजनीतिक दलका नेता तथा कार्यकर्ता लागिपरेका छन् । यसै सन्दर्भमा काभ्रे जिल्लाको बेथानचोक गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका तर्फबाट राजेश तिमल्सिनाको चर्चा चलेको छ । तिमल्सिनाले समृद्ध बेचानचोकका लागि आफ्ना ३१ बुँदे प्रतिवद्धता समेत सार्वजनिक गर्नुभएको छ । बौद्धिक र शिक्षित ब्यक्तित्वका रुपमा समेत परिचित तिमल्सिना राजनीतिलाई फरक ढङ्गले बुझ्नु पर्ने बताउनुहुन्छ ।
उहाँले आफ्नो प्रतिवद्धतामा सेवा सुबिधा र बिलासिताको राजनीति नगर्ने उदघोष पनि गर्नुभएको छ ।
उहाँले आफू जनप्रतिनिधिका रुपमा निर्वाचित भएको अवस्थामा तलब भत्ता, गाडी सुबिधा नलिने र सो सुबिधा जनहितमा प्रयोग गर्ने घोषणा गर्नुभएको छ । काभ्रे कांग्रेस नेता शिव प्रसाद हुमागाई निकट तिमल्सिना कांग्रेसबाट टिकट पाउनेमा ढुक्क हुनुहुन्छ । सो गाउँपालिकाको अध्यक्षका लागि अरु आकांक्षी भएपनि स्थानीय कांग्रेस नेता कार्यकर्ताहरु सबैलाई मिलाएर लैजान सक्ने क्षमता तिमल्सिनामा मात्रै भएको बताउँछन् । अरु नेता कार्यकर्ता शहर केन्द्रित भइरहँदा तिमल्सिना भने गाउँमै बसेर समाज सेवामा सक्रिय हुनुहुन्छ ।
स्थानीयको रोजाइमा पनि तिमल्सिना पर्नुभएको दाबी कांग्रेसका नेता कार्यकर्ताको रहेको छ । भोलि गाउँपालिकाको अध्यक्ष बनेको खण्डमा बेथानचोकलाई नमूना गाउँपालिकाको रुपमा विवकास गर्ने उहाँको भनाई छ । यद्यपि कांग्रेसले को उम्मेदवार बन्ने भन्ने टुंगो भने लगाइसकेको छैन ।
प्रतिक्रिया दिनुहोस्