
एजेन्सी । रुसले युक्रेनको सबैभन्दा ठूलो होस्तोमल एयरबेसमा बम आक्रमण गरेको छ ।
यो एयरबेस युक्रेनको राजधानी कीभमा पर्छ । यो एयसवेसमा विश्वकै सबैभन्दा ठूलो कार्गाे बिमान राखिएको थियो । तर अब त्यो विमान कथामा मात्रै हुनेछ । किनकि रुसले बम र मिसाइल हानेर त्यो बिमानलाई ध्वस्त पारिदिएको छ ।

रुसको आक्रमणमा विमान मात्रै नभएर त्यहाँको जमीन, पर्खाल,अरु जहाज र घरका छानाहरूमा प्वाल र खाडलहरू समेत परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । युद्धको यस्तो अवस्थामा विस्फोट भएको एयरबेसबाट युक्रेनले रुसी हतियार,पुराना बम र काम नलाग्ने कुराहरू हटाउन सकेको छैन । मानिसहरू त्यो ठाँउलाई फेरि प्रयोगमा ल्यराउन चाहन्छन् तर, रुसी आक्रमणको डरले कोहि पनि त्यहाँ जान नसकेका संचार माध्यमहरुले जनाएका छन् । युक्रेनमाथि रुसले बिना कारण आक्रमण गरेको बुधबार (आज) ४२ दिन पुगेको छ ।

तर,यो युद्ध कहिले रोकिने हो भन्ने कुराको टुंगो लागेको छैन । युद्ध झन् झन् भयानक हुँदै गएको छ । युक्रेनका थुप्रै नागरिकले ज्यान गुमाएका छन् । रुसले युक्रेनका सम्पूर्ण संरचनाहरू ध्वस्त बनाइदिएको छ । युक्रेनी नागरिकको पीडाले विश्वलाइनै स्तब्ध बनाएको छ ।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार युक्रेनका सडकहरुमा युक्रेनी नागरिकका शवहरु यत्रतत्र छरिएका छन् । उनीहरुको रुसी सेनाले क्रुरतापूर्वक हत्या गरेका छन् ।
रुसका कारण १ करोड बढी युक्रेनीले आफ्नो देश छोडेर छिमेकी मुलुकमा शरण लिन पुगेका छन् । देश छोड्नेहरुले पनि युक्रेनमा रहेका अरु आफन्त जीवित छन् या रुसी आक्रमणमा परे भन्ने यकिन जानकारी पाउन सकेका छैनन् ।
प्रतिक्रिया दिनुहोस्