७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


कोलकत्ताद्वारा मुम्बई इण्डियन्स पराजित


299
Shares

काठमाडौं । कोलकत्ता नाइट राइडरर्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

पुनेमा बुधबार राति मुम्बई इण्डियन्सलाई ५ विकेटले हराउँदै कोलकत्ता शीर्ष स्थानमा उक्लिएको हो ।

मुम्बईले दिएको १ सय ६२ रनको लक्ष्य कोलकत्ताले १६ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

कोलकत्ताको जितमा पाट कुमिन्स र भेन्काटेस आयरले अर्धशतकीय इनिङ खेले । आक्रामक ब्याटिङ गरेका कुमिन्सले १५ बलमा अविजित रहदै ५६ रन बनाए । अविजित रहेका भेन्काटेसले ५० रन जोडे । मुम्बईका मुरुगान आश्विन र ट्यामल मिल्सले २/२ विकेट लिए ।

पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६१ रन जोडेको थियो । मुम्बईका लागि सूर्यकुमार यादवले ५२ रनको अर्धशतकीय इनिङ खेले । तिलकवर्माले अविजित ३८ रन जोड्दा केइरन पोलार्डले अविजित २२ रन बनाए । कोलकत्ताका पाट कुमिन्सले २ विकेट लिए । उमेश यादव र वरुण चक्रवर्तीले १/१ विकेट लिए ।