
काठमाडौं । साताको पाँचौं दिन आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ ।
बुधबार ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार ५ सय रुपैयाँले बढेर ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य भने बिहीबार १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्