
काठमाडौं । स्थानी तहकाे निर्वाचन नजिकिदै गर्दा सत्ता गठबन्धनमा एक-अर्कालाई गलाउने रणनीति तीव्र रुपमा चलेकाे छ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनमा चुनावी तालेमल गरेर जाने सत्तारुढ गठबन्धनले निर्णय गरेपनि नेताहरुका अभिव्यक्ति हेर्दा अझै आशंका देखिएको छ । एकातिर गठबन्धनका दलहरुले चुनावी तालमेलको लागि स्थानीय संयन्त्र निर्माण गर्नुका साथै केन्द्रमा निर्वाचन परिचालन समिति समत गठन गरिसकेका छन भने अर्कोतिर गठबन्धन घटकहरु मर्म विपरित भागबण्डा खोजिरहेका छन् ।
सत्तारुढ गठबन्धनमा चुनावी तालमेलको मोडालिटी, उम्मेद्वारको न्यूनतम मापदण्ड र सिट बाँडफाँटबारे औपचारिक छलफल सुरु भएको छ । स्थानीय स्तरमा गठन भएका चुनावी तालमेल संयन्त्रको प्रतिवेदन कुरिरहेका गठबन्धनमा आवद्ध दलहरु तालमेलको मोडालिटीबारे आ–आफ्नै अडान छन् ।
सिट बाँडफाँटको कसरत चलिरहँदा गठबन्धनमा आवद्ध दलका नेताहरु एक अर्कालाई गलाएर आफ्नो पल्लाभारी बनाउन कस्सिएका छन् । सहयात्री दलहरुलाई गलाउन नेताहरुले धाकधम्कीपूर्ण भाषालाई अपनाईरहेका छन् । अघिल्लो चुनावमा जस्ले जहाँ जितेको हो, आगामी निर्वाचनमा पनि उसैले लिने र एमालेले जितेको ठाउँमा दलहरुको संसदीय शक्तिअनुसारको सिट पाउनुपर्ने अडान रहेको माओवादी केन्द्र सिट बाँडफाँटमा सम्मानजनक स्थिति नभए विपक्षी दल एमालेसँग जान बाध्य हुने घुर्की लगाईरहेको छ ।
सिट भागबण्डामा भईरहेको रस्साकसीलाई लक्षित गर्दै माओवादी केन्द्रले आफूलाई कमजोर बनाउने षड्यन्त्र भईरहेको जिकिर गरेको छ । चुनावी तालमेलको लागि गठित स्थानीय संयन्त्रले आफूलाई बेवास्ता गरेको भन्दै असन्तुष्ट जनता समाजवादी पार्टीले नयाँशक्ति सन्तुलन अनुसार सिट आउनुपर्ने तर, सहयात्री दलहरुले नै पेल्न खोजे गठबन्धनबाटै बाहिरिने चेतावनी दिईरहेको छ ।
नेकपा एमालेबाट भर्खरै छुट्टिएर बनेको दल नेकपा एकीकृत समाजवादी अघिल्लो निर्वाचनमा एमालेले जितेको ठाउँमा आफूलाई दिएर सम्मानजनक तालमेल गर्नुपर्ने अडान राख्दै आएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभामा एक सिटको प्रतिनिधित्व रहेको राष्ट्रिय जनमोर्चाले पनि आफ्नो प्रभाव रहेको ठाउँको नेतृत्व आफैले पाउनुपर्ने दावी गरेकाे छ।
नेकपा एमालेबाट भर्खरै छुट्टिएर बनेको दल नेकपा एकीकृत समाजवादी अघिल्लो निर्वाचनमा एमालेले जितेको ठाउँमा आफूलाई दिएर सम्मानजनक तालमेल गर्नुपर्ने अडान राख्दै आएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभामा एक सिटको प्रतिनिधित्व रहेको राष्ट्रिय जनमोर्चाले पनि आफ्नो प्रभाव रहेको ठाउँको नेतृत्व आफैले पाउनुपर्ने दावीमा अडिक छ ।
सहयात्री दलहरुबाट आईरहेका एकपछि अर्को धम्कीपूर्ण अभिव्यक्तिका कारण अप्ठ्यारोमा परेको गठबन्धनको मुख्य घटक नेपाली कांग्रेस स्थानीय आवश्यकता अनुसार मात्रै तालेमलको पक्षमा छ ।
सहयात्री दलहरुबाट आईरहेका एकपछि अर्को धम्कीपूर्ण अभिव्यक्तिका कारण अप्ठ्यारोमा परेको गठबन्धनको मुख्य घटक नेपाली कांग्रेस स्थानीय आवश्यकता अनुसार मात्रै तालेमलको पक्षमा छ । सहयात्री दलहरुबाट सिट बाँडफाँट सम्बन्धमा आईरहेका धम्कीले गठबन्धनको विपक्षमा रहेको नेपाली कांग्रेसको समूह थप चिढिने अवस्थामा पुगेको छ ।
आफ्नो पल्लाभारी बनाउन गठबन्धनमा आबद्ध दलका नेताहरुले प्रयोग गरिरहेको धम्कीको रणनीतिक असर आगामी निर्वाचनमा देखिने निश्चित छ ।
प्रतिक्रिया दिनुहोस्