१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मन्त्रालयमा भएका चुनौती सफलतापूर्वक पार लगाउछु : मन्त्री बडु


156
Shares

काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले उद्योग मन्त्रालयमा भएका चुनौतीलाई सफलतापूर्वक पार लगाउने बताउनुभएको छ ।

आज (बिहिबार) उद्योग मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री बडूले उद्योगसम्बन्धी देखिएका समस्या समाधान गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । उहाँले मन्त्रालय सञ्चालन गर्न राम्रो टोली रहेको भन्दै आत्मविश्वास र प्रतिवद्धताका साथ काम गर्ने बताउनुभयो । उहाँले जनताले राहत महशुस गर्ने गरी उद्योगका समस्या समाधान गर्ने योजना समेत सुनाउनु भएकाे छ ।

सरकारले कानूनमन्त्रीमा गोविन्द बन्दीलाई नियुक्त गरेसँगै मन्त्री बडुले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाउनुभएको हो ।