
फाइल तस्बिर
काठमाडौं । मिथिलाञ्चलमा आज शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर चैते छठ समापन गरिएको छ ।
चार दिनसम्म मनाइने यो पर्वको अन्तिम दिन आज बिहान महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत स्थानका जलाशयमा उदाउँदो सूर्यलाई अर्घ दिएर चैते छठ समापन गरिएको हो ।
पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठका अवसरमा पोखरी, नदी, तलाऊ र जलाशयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ ।
चैते दशैंको नवरात्रमा चैत छठ मनाउने प्रचलन छ ।
प्रतिक्रिया दिनुहोस्