
काठमाडौ । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको निर्वाचनमा सत्ता गठबन्धनमा सहभागी दलहरु निकटको प्यानलनै विजयी भएको छ ।
बारको अध्यक्षमा सत्ता गठबन्धन निकट वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे विजयी हुनुभएको छ । निर्वाचनमा सत्ता गठबन्धनमा आबद्ध दलहरू निकट कानुन व्यवसायीहरूको संयुक्त प्यानलबाट उम्मेदवारी दिएका थिए । एमाले निकट कानुन व्यवसायीले अर्काे प्यानल बनाएका थिए । अध्यक्षमा निर्वाचित घिमिरे नेपाली कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्वअध्यक्ष हुनुुन्छ । घिमिरेले ४ हजार ४७४ मत पाएका ल्याएर विजयी हुनुभएको हो भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमाले निकट वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारीले २ हजार ४८२ मत ल्याउनु भएको छ ।
यसैगरी उपाध्यक्षहरुमा सत्ता गठबन्धन निकट सुधिर कर्ण, हर्क रावल, बिरेन्द्र केसी, पशुपति भण्डारी, सुरज खत्री, उत्तम आचार्य, तुलाराम गिरी र आशा राई विजयी भएका हुनुभएको छ । कोषाध्यक्षमा भरत रावत विजयी निर्वाचित हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा पनि गठबन्धन निकट रहेका कानून व्यवसायीहरु विजयी भएका छन् ।
महासचिवमा पनि सत्ता गठबन्धन निकटका उम्मेदावर अञ्जिता खनाल ३ हजार ६८२ मत ल्याएर विजी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी केदार कोइरालाले २ हजार ३४५ मत प्राप्त गर्नुभएको छ ।
बारको निर्वाचन गत शनिबार सम्पन्न भएको थियो । काठमाडौंसहित देशैभर ३५ स्थानबाट मतदान भएको थियो । बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्यहरू गरी २५ जनाको कार्यसमितिका लागि निर्वाचन भएको हो । निर्वाचनमा ९ हजार ७०८ जना अधिवक्ता मतदाता रहेका थिए । त्यसमा ७ हजार ४२९ मत खसेको थियो ।
अध्यक्षमा निर्वाचित घिमिरे कांग्रेसको १४ औँ महाधिवेशनको केन्द्रीय निर्वाचन समितिको संयोजक समेत रहनु भएको थियो ।





प्रतिक्रिया दिनुहोस्