२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


१३ दिनमै सुदूरपश्चिमको अधिवेशन अन्त्य


117
Shares

कैलाली । सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ ।

अधिवेशन सुरु भएको १३ दिनमै हिउँदे अधिवेशनको अन्त्य गरिएको हो ।

चैत १३ गतेबाट सुरु भएको प्रदेशसभाको हिउँदे अधिवेशनमा जम्मा पाँच वटा बैठक बसेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

कानुन अधिवेशनको रुपमा लिइने हिउँदे अधिवेशनमा जम्मा दुई वटा विधेयक पारित भएको सचिवालयले जनाएको छ ।

हिउँदे अधिवेशनले सुदूरपश्चिम प्रदेश दुग्ध विकास बोर्ड ऐन, २०७७ संशोधन गर्न बनेको विधेयक र दलित सशक्तिकरण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७७ पारित गरेको हो ।

यसअघि, गण्डकी प्रदेशले पनि शुक्रबार रातिदेखि अन्त्य हुने गरी हिउँदे अधिवेशन अन्त्य गरेको थियो ।