
काठमाडौं । नेपाली कांग्रेस बर्दिबासले गठबन्धन नगर्ने निर्णय गरेको छ ।
नजिकिँदै गरेको आसन्न स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर पदिय भागबण्डा गर्दा सिंगो नेपाली कांग्रेसमा प्रतिकुल असर पर्ने भन्दै गठबन्धन नगर्ने निर्णय गरेको हो ।
नेपाली कांग्रेसले स्थानीय तहमा आवश्यकताअनुसार अन्य राजनीतिक दलसँग गठबन्धन गर्न सकिने भन्ने निर्देशनमाथि छलफल गर्दा कुनै पनि दलसँग गठबन्धन नगर्ने निर्णय गरिएको नेपाली कांग्रेस नगर सभापति युवराज पोखरेलले जानकारी दिनुभयो ।
शनिबार बर्दिबास नगरसमितिले उक्त निर्णयलाई केन्द्रीय कार्यालय सानेपा, जिल्ला कार्यालय जलेश्वर, क्षेत्रीय कार्यालय बर्दिबास र प्रदेशसभा क्षेत्र नम्बर १(क) कार्यालय बर्दिबासलाई पठाएको छ ।
नेपाली कांग्रेस बर्दिबास आत्मनिर्भर र उच्च मनोबलका साथ एक्लै प्रतिस्पर्धा गर्ने र अन्य कुनै पनि राजनीतिक दलसँग गठबन्धन गर्न नसकिने सर्वसम्मत निर्णयमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्