१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपालमा कोरोना संक्रमण दर घट्ने क्रम जारी


442
Shares

काठमाडौं । नेपालमा कोरोना संक्रमण दर घट्ने क्रम जारी छ ।

देशभर पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७ सय ४० जनाको परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट ४८ जना निको भएका छन् भने हाल देशभर ५ सय ९२ जना सक्रिय संक्रमित रहेका छन् ।

कोरोनाबाट सोही अवधिमा कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।