१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


विश्वप्रकाशले सार्वजनिक गरे गायत्री थापाको काँग्रेस गीत ‘चार तरे झण्डा फरर’


2.457k
Shares

काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा बिभिन्न कलाकारले आफू नजिकका राजनीतिक पार्टीलाई सहयोग गर्ने उद्येश्यले बिभिन्न गीत संगित सार्वजनिक गर्ने क्रम बढ्न थालेको छ ।

यसै क्रममा गायिका एवं गीतकार गायत्री थापाले नेपाली कांग्रेसलाई निर्वाचनमा सघाउने उद्येश्यले कांग्रेस गीत ‘चार तारे झण्डा फरर’ बोलको गीत ल्याउनु भएको छ । सो गीतलाई नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शनिबार साँझ एक कार्यक्रमका बीच सार्वजनिक गर्नु भएको हो । कार्यक्रममा महामन्त्री शर्माले कलाकारका सृजनाले हरेक क्षेत्रमा धेरै ठूलो महत्व राख्ने भन्दै गीतकार गायत्रीको गीतले नेपाली कांग्रेसलाई स्थानीय तहको निर्वाचनमा जिताउन ठूलो सहयोग पुग्ने बताउनु भयो । उहाँले कतिपय कुराहरु आम मानिसले बुझ्न नसकेको अवस्थामा गीत संगितले स्पष्ट पार्ने भन्दै गीत र साहित्यको बल ठूलो हुने उल्लेख गर्नुभयो ।

कार्यक्रममा गीतकार तथा गायिका गायत्रीले आफूले धेरै गीत गायन र लेखन गरेको भएपनि ‘चार तरे झण्डा फरर’ भन्ने कांग्रेस गीत राजनीति सम्बन्धि पहिलो सिर्जना भएको उल्लेख गर्नुभयो । उहाँले स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी बनाउन सघाउने उद्येश्य राखेर गीत ल्याएको बताउनु भयो । गायत्रीले आफ्नो गीत मार्फत नेपाली कांग्रेसबारे आम मानिसलाई बुझ्न अझ सजिलो हुने उल्लेख गर्नुभयो । लोक र आधुनिक गरेर थुप्रै गीतमा शब्द तथा स्वर भर्नुभएकी गायिका थापालाई ‘चार तरे झण्डा फरर’ को गायनमा कृष्ण काफ्ले र रीता केसीले साथ दिएका छन् । राजकुमार बगरको संगित रहेको गीतको भिडियो पनि निर्माण भएको छ । गीतमा विजय पुन, रीचा थापा, आरुसी मगर, जनार्दन आचार्य लगायत थुप्रैले अभिनय गरेका छन् । गीतको भिडियो अजय रेग्मीले छायांकन गरेका हुन् भने नविन घर्तीमगरले सम्पादन गरेका हुन् ।

लामो समयदेखि गीत संगितको क्षेत्रमा सक्रिय गायिका गायत्री कलाकारिताको अलवा सामाजिक क्षेत्रमा पनि त्यत्तिकै सक्रिय हुनुहन्छ । गुल्मीमा जन्मिनु भएकी गायत्रीले कर्मथलो भने काठमाडौंलाई बनाउनु भएको छ ।